चर्चामा नरेन्द्र मोदीले लगाएको पगडी, किन ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ड्रेस सेन्सको विषयमा बारम्बार चर्चा हुने गरेको छ । यहीबीच उनले शुक्रबार नयाँ दिल्लीको करियप्पा ग्राउण्डमा एनसिसी क्याडेट कप्र्स र्यालीको निरीक्षण गरेका छन् । 

अनि यसपटक उनले पगडी लगाएर सार्वजनिक कार्यक्रममा पुगेका छन् । गणतन्त्र दिवसमा प्रधानमन्त्री मोदीले उत्तराखण्डको यो टोपी लगाएपछि यसले अहिले निकै चर्चा पाएको छ  ।

भारतमा यसलाई ब्रह्मकमल टोपी पनि भनिने गरिएको छ । ब्रह्मकमल उत्तराखण्डको राजकीय फूल पनि हो ।

मोदीले यो गणतन्त्र दिवसमा सेतो कुर्ता, ज्याकेट र यो टोपी ललगाएका हुन् । उत्तराखण्ड, पन्जाब र मणिपुरमा केही समयमा नै विधानसभा निर्वाचन हुँदैछ । त्यसैले मोदीले यो टोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यो र्यालीमा चाहिँ मोदीले भनेका छन्, ‘म पनि एनसिसीमा सक्रिय क्याडेट रहेको थिएँ । यसले मलाई अहिले पनि देश सन्चालनका लागि ठूलो तागत मिलेको छ ।’ मोदीले उत्तराखण्डको टोपी लगाउनु चाहिँ त्यहाँ हुन लागेको विधानसभा निर्वाचनलाई प्रभावित गर्न हुनसक्ने अनुमान गरिएको छ ।
 





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १५:१६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया