नेकपा माओवादी केन्द्रको सरकार सञ्चालन संयन्त्रको बैठक सिंहदरबारमा जारी छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
सरकार सञ्चालन संयन्त्रका सचिव हरिबोल गजुरेल र माओवादी केन्द्रको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र राज्यमन्त्रीहरू बैठकमा सहभागी छन् ।
सरकारको कामलाई प्रभावकारी बनाउन र आफूले नेतृत्व गरेको मन्त्रालयबाट जनसेवाका कामलाई अझै बढी जनमुखी बनाउने विषयमा छलफल केन्द्रीत रहेको मल्लले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष प्रचण्डद्वारा मन्त्रीहरूको रिपोर्ट सुन्ने र दिशानिर्देश गर्ने काम भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।