संसदीय सुनुवाइसम्बन्धी पुस्तिका प्रकाशित गरिने

संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइसम्बन्धी पुस्तिका नै प्रकाशित गर्ने भएको छ । 

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाइसम्बन्धी व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो । 

समितिको काम प्रभावकारी बनाउने गरी त्यससम्बन्धी विगतका कामको विवरणसहितको पुस्तिका तयार गर्न सचिवालयलाई निर्देशन दिइएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

‘नेपालको संसदमा संसदीय सुनुवाइको अवधारणा प्रारम्भ भएदेखि हालसम्मको संसदीय सुनुवाइसम्बन्धी भएका व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न र समितिमा पेस गर्न सचिवलाई निर्देशन दिने निर्णय गरिएको छ’ उनले भने ।

सभापति कर्णले संसदीय सुनुवाइ समितिको कामलाई प्रभावकारी बनाउन संघीय संसद ऐन नै परिमार्जन गरेर अघि बढनुपर्ने बताए । संसदीय सुनुवाइ समितिको कामबारे विभिन्न ठाउँमा प्रश्न उठ्ने गरेकाले पनि यसको प्रभावकारिताका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १६:११:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया