कांग्रेस केन्द्रीय कमिटी बैठकमा भएन निर्वाचनबारे कुरा
फाइल तस्वीर

नेपाली कांग्रेसको शुक्रबार बसेको भर्चुअल केन्द्रीय कमिटी बैठक केही बेरमा नै सकिएको छ । 

पछिल्लो समय राष्ट्रिय राजनीतिमा चर्चामा रहेको स्थानीय तहको निर्वाचनबारे भने यो बैठकमा केही कुरा भएन । 

केन्द्रीय कार्यसम्पादन समिति बनाउनका लागि बसेको यो बैठकमा महामन्त्री गगनकुमार थापाले कार्यसम्पादन समितिको प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई समर्थन गरिएपछि केन्द्रीय कमिटी बैठक सकिएको हो ।

‘धेरैको अपेक्षा थियो, आजको बैठकमा निर्वाचन र सरकारबारे पनि केही कुरा होला,’ कांग्रेसका एक पदाधिकारीले फरकधारलाई भने, ‘तर, आजको बैठकमा चुइँक्क अरु विषयमा कुराकानी नै केही भएन ।’





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १६:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया