थप ६ हजार ८२७ संक्रमित, १० जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

देशभरका विभिन्न प्रयाेगशालामा १३ हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा थप १० जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या ११ हजार ६९७ पुगेकाे छ । 

यसैगरी ५ हजार ४३२ संक्रमित काेराेनामुक्त भएका छन् भने हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् ।
 





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १६:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया