राष्ट्रिय भूमि आयोग सुर्खेतको जिल्ला कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपछि बोल्दै मुख्यमन्त्री शाहीले सबै मिलेर भूमिहिनको अधिकारका लागि काम गर्नुपर्ने बताए ।
‘हाम्रै पालामा भूमिहिनले न्याय पाउनुपर्छ,’ उनले भने, 'कार्यालय उद्घाटनपछि यो कामले गति लिनुपर्छ ।' मुख्यमन्त्री शाहीले कर्णालीका भूमिहिन नागरिक लामो समयदेखि भूमिको पखाइमा भएकोले नागरिकका आकांक्षाबमोजिम आयोगले काम गर्नुपर्ने बताए ।
आयोगका नवनियुक्त अध्यक्ष श्रीधर पौडेलले कार्यालय स्थापनापछि आयोगको कामकारबाही अगाडि बढ्ने बताए । उनले भूमिहिनको अधिकारका लागि आफूले काम गर्ने बताए । अध्यक्ष पौडेलले आजै पदभार ग्रहण गरेका छन् ।
यो भन्दा अगाडिका आयोगले गरेका कामहरुलाई निरन्तरता दिँदै भूमिहिनलाई लालपुर्जा वितरण गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । आयोगको कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।