ट्याक्सी र निजीबाहेकका सवारीमा जोरबिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस
फाइल तस्वीर

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सार्वजनिक यातायातका साधनमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीको सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

जोरबिजोर प्रणाली लागू गर्दा सडकमा कम सवारी साधन कुद्ने र जसले गर्दा कोचिएर हिँड्नु पर्ने अवस्था आएको भन्दै विरोध भएको थियो । साथै यसरी हिँड्दा कोरोना संक्रमण बढ्ने भन्दै सरोकारवालाले जोरबिजोर प्रणाली हटाउन आग्रह गर्दै आएका थिए ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालका अनुसार सीसीएमसीले सिफारिस गरिसकेको जानकारी दिँदै अब डीसीसीएमसीले खुलाउने निर्णय गर्न सक्ने बताइन् । निजी र ट्याक्सीलगायत सवारीमा भने जोरबिजोर कायमै राख्नुपर्ने पक्षमा सिसिएमसी छ ।

साथै बैठकले देशभर कोरोनाको जोखिम कायम रहेको निष्कर्ष निकालेको छ । तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय पनि गरेको छ ।






  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १८:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया