गोकर्ण विष्ट भन्छन्– निर्वाचनसँग डराउने संविधानको अपव्याख्या गरे

नेकपा एमालेका सचिव गोकर्ण विष्टले स्थानीय तहको चुनाव समयमा नै गर्नु पर्ने धारणा राखेका छन् । शुक्रबार विहान समाजिक सन्जाल फेसबुकमा लेख्दै विष्टले निर्वाचनबाट प्राप्त हुनसक्ने परिणामबाट तर्सिएर सत्तारुढ गठबन्धन जालझेल रच्नतिर लागेको बताएका छन् ।

उनले पराजित हुने चुनावसँग भाग्नकै निम्ति संविधान र कानुनको अपव्याख्या गरिएको पनि आरोप लगाएका छन् ।

निर्वाचन आयोगले पटकपटक सरकारको ध्यान आकृष्ट गरिरहेपनि लोकतान्त्रिक अभ्यासको बर्खिलापमा सरकार र सत्तारुढ दल लागिपरेको बिष्टले बताएका छन् । चुनावसँग भाग्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने उल्लेख गरेका छन् ।

उनले संविधानको कार्यान्वयन गर्न अविलम्ब स्थानीय चुनावको घोषणा गर्न सरकारसँग माग गरेका छन् ।





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १८:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया