माओवादी मन्त्रीको प्रचण्डसँग छुट्टै बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग छुट्टै छलफल गरेका छन् । 

शुक्रबार प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई छलफलमा बोलाएर सरकारका कामलाई थप प्रभावकारी बनाउन निर्देशन पनि दिएका छन् । 

बैठकमा प्रचण्डले पार्टीबाट मन्त्री र राज्यमन्त्री बनेकाहरुलाई बोलाएका हुन् । 

सरकारको कामको विषय र अन्य राजनीतिक विषयमा आज मात्रै प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए । 

यो भेटपछि शनिबार गठबन्धनका नेताहरुको बैठक राख्ने तय भएको छ ।





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १९:१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया