‘मायाको भोको’ बोलको गीत सार्वजनिक

गायक मदन थापा र गायिका विन्दु परियारको स्वरमा रहेको ‘मायाको भोको’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा गायक थापा स्वयंको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, हरी निरौला ‘कक्रोज’ सँगै ट्विन्स दिदी बहिनी स्मारिका र समारिका ढकालले अभिनय गरेका छन् । 

गीतले उनीहरूको प्रेमभाव बोल्छ । राजिव समरको निर्देशन रहेको गीतको भिडियोलाई पवन सुशीलिङले खिचेका हुन् । भिडियो ‘बले इन्टरटेन्मेन्ट’ नामक यूट्युब च्यानलमा सार्वजनिक भएको छ ।





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १९:२९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया