काठमाडौंमा ज्येष्ठ नागरिकलाई १७ र १८ माघमा बुस्टर डोज खोप दिइने
फाइल तस्वीर

काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई दुई दिन बुस्टर डोज खोप लगाउने भएको छ । 

महानगरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै माघ १७ र १८ गते ६० वर्षमाथिकालाई कोभिशिल्ड बुस्टर डोज खोप दिने निर्णय भएको जनाएको हो । 

सबै वडा र काठमाडौं स्वास्थ्य कार्यालयले तोकेबमोजिम खोप केन्द्र सञ्चानल हुने महानगरले जनाएको छ ।

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ । यसअघि खोप लगाएको कार्ड, उमेर खुल्ने परिचयपत्र र अग्रपंक्तिमा काम गर्नेहरूको हकमा परिचयपत्र तथा खोप कार्ड अवश्यक पर्ने महानगरले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार २०:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया