सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्नेछ ।
स्थानीय निर्वाचनको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । यसैगरी आजकाे बैठकमा स्थानीय निर्वाचनसँगै प्रदेश र संघीय निर्वाचनकाे बारेमा पनि छलफल हुनेछ ।
निर्वाचनकाे विषयमा हिजाे पनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएकाे थियाे ।
केही दिन अगाडि स्थानीय तह निर्वाचनलाई पछि सार्न कानुन संशोधन गर्नुपर्ने कानुन व्यवसायीहरूले सुझाव दिएपछि तीन नेताको बैठक बसेको हो ।
सत्ता गठबन्धनले निर्वाचनलाई सार्न चाहेको छ ।
संविधानविदहरूले भने स्थानीय तह निर्वाचन सार्न नमिल्ने बताउँदै आएका छन् । निर्वाचन सार्न नहुने एमालेको पनि धारणा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।