स्थानीय तहकाे निर्वाचन सारे संविधान नचाहने तत्वलाई ठूलाे टेवा पुग्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त गर्नेलाई बाटो खुल्ने बताएका छन् ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारूढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुनेमा जाेड दिए ।

उनले न्युज एजेन्सीसँग कुराकानी गर्दै स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिष्टमनै नरहने अवस्था आउने पनि बताए ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचनलाई सार्ने काम गरे अहिलेको संविधान नचाहेका शक्तिहरूलाई बल पुग्नेतर्फ पनि सचेत गराए ।

उनले भने, ‘निर्वाचन सार्ने कामले गठबन्धनलाई प्रत्युत्पादक हुन्छ, डेमोक्रेसीलाई पनि धावा बोल्छ । त्यति मात्रै नभएर विधि र संविधानको उपहास गर्छ । त्यसकारण मेरो प्रष्ट धारणा छ- साहसका साथ निर्वाचनमा जान सक्नु पर्छ । गठबन्धन होस् वा मेरो भोट पुग्दैन, मेरो मत थोरै हुन्छ भनेर निर्वाचनलाई सार्न खोज्छ र त्यसले विधिको शासनलाई समाप्त पार्छ । संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ । र, अन्ततः यो डेमोक्रेटिक सिस्टम जान्छ र जसले यो संविधान चाहेका छैनन् । त्यस्ता तत्वहरूलाई ठूलो टेवा मिल्छ ।’

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सूचारु गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत गरे ।



उनले जनताद्वारा अनुमोदित हुने डेमोक्रेटिक प्रणाली अवलम्वन गरेकाले राजनीतिक दलहरुले निर्वाचनलाई पछाडि सार्ने काम गर्न नमिल्ने पटकपटक दोहोर्‍याए ।



  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार ९:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया