सत्तारूढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएकाे छ ।
आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकारी निवास बालुवाटारमा बसेकाे बैठक अपरान्ह चार बजे बस्नेगरी टुंगिएकाे देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
स्थानीय निर्वाचनको विषयमा छलफल गर्न बैठक बसेकाे थियाे ।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू सहभागी थिए ।
निर्वाचनकाे विषयमा हिजाे पनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएकाे थियाे ।
सत्ता गठबन्धनले निर्वाचनलाई सार्न चाहेको छ ।
संविधानविदहरूले भने स्थानीय तह निर्वाचन सार्न नमिल्ने बताउँदै आएका छन् । निर्वाचन सार्न नहुने एमालेको पनि धारणा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।