कतारमा कोभिड-१९ को तेस्रो लहरले चरम सीमा पार गर्दै

कतारमा कोभिड-१९ को तेस्रो लहरले चरम सीमा पार गरेकाे जनस्वास्थ्य मन्त्रालयले बताएकाे छ।

‘तथ्यांकले देखाएको छ कि हामी यो तेस्रो लहरको चरम सीमामा पुगेका छौं । किनकि दैनिक संक्रमित केसहरूको संख्या घट्दै गइरहेको छ’, मन्त्रालयले भनेको छ।

सरकारी प्रतिबन्ध र जनस्वास्थ्यकाे मापदण्ड पालना गर्न समुदायको समर्थनका साथै उच्च खाेप  दरले दैनिक संक्रमितकाे केस घट्न महत्त्वपूर्ण भूमिका खेलेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

कतारमा भाइरस अझै पनि फैलिरहेकाले मानिसहरूले सावधानीपूर्वक कार्य गर्न र प्रतिबन्ध तथा रोकथामका उपायहरू पालना गर्न जारी राख्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म कतारमा ३ लाख ३४ हजार ५४३ जनामा संक्रमण पुष्टि भइसकेकाे छ भने ६४१ जना काेराेना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

कतारमा ७८.३३ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाइसकेका छन् ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार १२:१८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया