बेलायती प्रधानमन्त्री बाेरिसले अर्काे साता युराेपकाे भ्रमण गर्ने

बेलायती प्रधानमन्त्री बाेरिस जाेनसाेन युराेप भ्रमणमा जाने भएका छन् । 

युक्रेनकाे संकट बारेमा छलफल गर्न जाेनसाेन अर्काे साता युराेप भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्रीले बाेरिसले भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फाेनवार्ता गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले रुस र युक्रेनकाे सीमामा सैनिक तैनाथ गरेकाले चारैतिर युक्रेनमाथि आक्रमण हुने चर्चा चलिरहेकाे छ ।

यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिलाई लिएर युद्धकाे त्रास नफैलाउन पश्चिमी देशहरूलाई अपिल गरेका छन् ।

जुनसुकै बेलामा पनि आक्रमण हुन सक्छजस्ता चेतावनीले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी असर गरिरहेको उनकाे भनाइ छ ।



रुसले पनि युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको बारम्बार बताउँदै आएको छ ।

यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।
 



  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार १३:३१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया