देशलाई गठबन्धनको सिन्डिकेटबाट बचाउन आन्दोलन जरुरी : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले देशमा बढिरहेको राजनीतिक संकटलाई रोक्न आन्दोलनमा जानुपर्ने बताएका छन् ।

शनिबार करुनियामा आयोजित नेकपा एमालेको देवाही गोनाही नगर अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता साहले गठबन्धनको सिन्डिकेटबाट देशलाई बचाउनको लागि सडक आन्दोलनबाहेक कुनै विकल्प नरहेको बताएका छन् ।

जालझेल र अदालतको सेटिङबाट जन्मिएको दलाल गठबन्धनको सरकारले देशमा संस्थागत रुपमै भ्रष्टाचार एवम् लुट-आतंक मच्चाएको भन्दै नेता साहले त्यसलाई बन्द गर्न जनता सडकमा उत्रिनुपर्ने बताए ।

'खुलेआम कालोबजारी मौलाएको छ, महङ्गी बढेको छ जसले गरीब मजदुर किसानको जीवनलाई झन कष्टकर बनाउँदै गएको छ । विकास निर्माणका कार्य ठप्प भएको छ,' नेता साहले भने, 'गठबन्धनले बढाएको यस्ता विकृतिहरु रोक्दै विकासको कार्य अगाडि बढाउन अब आन्दोलनको विकल्प छैन ।' नेता साहले आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउन कार्यकर्ता पंक्तिलाई निर्देशनसमेत दिए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, अच्युत मैनाली, राजकुमार लेखी, केन्द्रीय सदस्य एवम् रौतहट ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरु कुन्दन कुश्वाहा, उद्धव रेग्मी, मधेश प्रदेशकी उपसचिव आरती भण्डारी, प्रदेश सदस्य एवम् महिला नेतृ मौलापुरकि मेयर रीना साह, जिल्ला अध्यक्ष त्रिभुवन साह, सचिव बालविक्रम कार्की, राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य एवम् एमाले जिल्ला सदस्य निवेश यादवलगायत सहभागी थिए ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार १६:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया