सत्तारुढ राष्ट्रिय जनमोर्चा विभाजित

सत्तारुढ राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । शनिबार कृष्णराज पौडेलको नेतृत्वमा नयाँ पार्टी गठन भएको हो ।

मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टी गठन गरेका हुन् ।  

राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन भएका छन् ।

महासचिवमा लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की चयन भएको बताइएको छ । विशेष राष्ट्रिय भेलाले ५१ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार १८:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया