सरकारले आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्छ : मन्त्री कार्की
फाइल तस्बिर

सत्ता साझेदार दलहरू जेठ महिनाभित्रमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठकले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सहमति जुटेका हुन् । 

गठबन्धन दलले गरेको सहमतिका आधारमा जेठ महिनाभित्रै निर्वाचन गराउन सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्न सक्ने बताए । 'जेठ महिनाभित्रमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको छ,' उनले भने, 'अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्ने छ ।' 

नेपाली कांग्रेसभित्रसमेत निर्वाचन सार्न हुने वा नहुने भन्ने विषयमा मत विभाजन हुन थालेको थियो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय चुनाव नसार्न सुझाव दिएकी थिइन् । सरकारले स्थानीय निकायको निर्वाचन सार्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दलसहित बुद्धिजीवि नागरिक समाजले विरोध गर्दै आएका थिए ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार १९:४४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया