प्रदेश नं १ मा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३९४ जनाको पिसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण पुष्टि भएको हो । 

पिसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा पाँच–पाँच, उदयपुर, संखुवासभा र पाँचथरमा एक–एक र प्रदेश बाहिरका सातजनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६५, बुढीगंगामा पाँच, सुन्दरहरैचामा तीन, ग्रामथानमा दुई, पथरीशनिश्चरे, रंगेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका एक–एक, सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा तीन, दुहवी र बराहक्षेत्रमा एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा पाँच, झापाको कमल गाउँपालिकामा एक र स्थानीय तह नखुलेका चार, संखुवासभा, पाँचथर र उदयपुरको बेलकामा एक र प्रदेश बाहिरका सातजनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेशमा आज ४०२ महिलासहित ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संखया छ हजार ६५७ रहेको जनाइएको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार २१:३५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया