१६ कट्ठामा लगाइको गाँजा खेती फडानी

पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ ओझैया प्रसौनी टोलमा सुर्ती खेतीभित्र लुकाइछिपाई लगाइएको १६ कट्ठाको गाँजाखेती पर्सा प्रहरीको टोलीले फडानी गरेको छ । 

सुर्ती खेतीभित्र प्रतिबन्धित गाँजाखेती फस्टाउँदै गएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरेको हो । 

पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको टोलीले फडानी गरेको गाँजा स्थानीय सञ्चारकर्मी र समाजसेवीको रोहबरमा नष्ट गरिएको थियो । 

यसैगरी एक साताअघि पर्साको जगरनाथपुर गाउँपालिका–२ मा १५ कट्ठामा लगाइएको गाँजाखेती प्रहरी टोलीले नष्ट गरेको थियो । 

सुर्ती खेतीभित्र गाँजाखेती गरिएका कारण सो सुर्ती खेती कसले गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार २१:४२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया