गण्डकी प्रदेशमा ५१६ कोरोना संक्रमित थपिए, कास्कीमा मात्रै २२७

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना सङ्क्रमित कास्कीमा थपिएका छन् । 

प्रदेशअन्तर्गत विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पिसीआर परीक्षणमा कास्कीमा २२७ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा प्रदेशमा कुल ५१६ संक्रमित थपिएकामा तनहुँमा ७१, म्याग्दीमा ४९, स्याङ्जा र बागलुङमा ३९–३९, नवलपरासी पूर्वमा ३८, लम्जुङमा २५, पर्वतमा १५ र गोरखामा १३ जना छन् । 

यस अवधिमा प्रदेशमा ७०२ जना निको भएका छन् भने होमआइसोलेसनमा ६ हजार ९८५ जना रहेको निर्देशनालयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार २१:४८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया