चुनाव हुने कुरामा खुसी मान्नुपर्छ, ऐन संशोधन आवश्यक छैन : सुवास नेम्वाङ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जेठभित्र चुनाव हुने कुरामा खुसी मान्नुपर्ने बताएका छन् । शनिबार सत्ता गठबन्धनले जेठभित्र निर्वाचन गर्ने सहमति गरेसँगै नेम्वाङले यस्तो प्रतिक्रिया दिएका हुन् । 

अझ जेठ ५ भित्रै चुनाव गरेको भए राम्रो हुने बताउँदै नेम्वाङले स्थानीय चुनावका लागि ऐन संशोधन गरिराख्नुपर्ने आवश्यकता नरहेको बताए । 

संविधान, कानुन, व्यवस्था र अभ्यास सबैका लागि भएको भन्दै उनले निर्वाचन आयोगले पनि यसबारेमा विचार गर्ने बताए । उनले दलहरू एक ठाउँमा आउनुको विकल्प नरहेको बताए । 





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार २१:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया