उदयपुरमा ट्याक्टर दुर्घटना : छोराको मृत्यु, दाजु र बुबा घाइते

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१ जोगीदह रूपनीमा खेत जोतेर आउँदै गरेको खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिँदा १० वर्षीय नितेश चौधरीको मृत्यु भएको हो । 

उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार घाइते निमिषको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ । ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ । 

उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार ११:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया