प्रतिभाकी धनी बार्टी

अस्ट्रेलियन टेनिस स्टार एस्ले बार्टीले शनिबार अस्ट्रेलियन ओपनमा महिला एकलतर्फको उपाधि जित्दै आफ्नो देशका लागि ऐतिहासिक उपलब्धि हात पारिन् ।

घरेलु खेलाडीले अस्ट्रेलियन ओपन जितेको यो ४४ वर्षपछि थियो । अन्तिमपटक सन् १९७८ मा क्रिस ओ’निलले यो उपाधि जितेकी थिइन् ।

बार्टीले मेलबर्नमा सम्पन्न फाइनलमा अमेरिकी खेलाडी डानिल कोलिन्सलाई २-० को सोझो हराइन्। उनले खेल ६-३ र ७-६ (७-२) ले आफ्नो पक्षमा पार्दै पहिलोपटक अस्ट्रेलियन ओपनको उपाधि उचालेकी हुन् ।

बार्टीको परिचय केवल टेनिस खेलाडीको रूपमा मात्र सीमित छैन । उनले व्यावसायिक  क्रिकेट खेलेकी छन् भने गल्फ प्रतियोगिताको उपाधि पनि हात पारिसकेकी छन् ।

बार्टीले सन् २०१५-१६ को महिला बिग बास लिगमा ब्रिसबेन हिटको तर्फबाट खेलेकी थिइन् । लिगमा खेलेका ९ मध्ये ७ खेलमा ब्याटिङ गरेकी बार्टीले ६८ रन बनाएकी थिइन् । ३९ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो ।

एउटै खेलाडीले माथिल्लो स्तरमा टेनिस, क्रिकेट र गल्फ खेल्नु सानो उपलब्धी होइन, त्यसैले बार्टीको ‘सिभी’ उत्तिकै दरिलो छ । 



उनको एउटा अर्को ठूलो विशेषता पनि छ र त्यो हो- टेनिस टुरमा सबैभन्दा भलाद्मी कोही छन् भने ती बार्टी नै हुन् । नरम भाषामा बोल्ने उनी पछिल्लो तीन वर्षदेखि विश्व वरीयताको १ नम्बरमा छिन् । यो पनि आफैमा ठूलो उपलब्धि हो । 

बार्टीले सन् २०२१ को विम्बल्डन र सन् २०१९ को फ्रेन्च ओपन पनि जितिसकेकी छन् । यस्तो उपलब्धि यसअघि स्टेफी ग्राफ,मार्टिना नभराटिलोभा, सेरेना विलियम्स र क्रिस एभर्टले मात्र हासिल गरेका थिए । 



(एएफपीको सहयोगमा)
 

  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार ११:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया