उत्तर कोरियाले चार वर्षपछि सबैभन्दा ठूलो मिसाइल परीक्षण गर्यो

उत्तर कोरियाले सन् २०१७ पछि सबैभन्दा ठूलो मिसाइल परीक्षण गरेको छ । 

स्थानीय समयअनुसार आइतबार विहान ७ः५२ बजे उत्तर कोरियाले पूर्वी तटबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । 

जापान, दक्षिण कोरिया र अमेरिकाले उक्त परीक्षणको आलोचना गरेका छन् । उत्तर कोरियाले यो महिना गरेको यो सातौं परीक्षण हो । 

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टीक तथा परमाणु हतियारको परीक्षण रोक्नको लागि कडा प्रतिबन्ध लगाउँदै आएको छ । 

उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनले देशको सुरक्षाको लागि मिसाइल परीक्षण गरिएको बताउँदै आएका छन् । 

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदका अनुसार आइतबार उत्तर कोरियाले एक इन्टरमेडिएट–रेन्जको ब्यालेस्टीक मिसाइल परीक्षण गरेको हो । आइतबार विहान गरिएको मिसाइल परीक्षण सन् २०१७ पछि गरिएको सबैभन्दा ठूलो परिक्षण भएको दाबी गरिएको छ । 



जापान र दक्षिण कोरियाका अधिकारीका अनुसार परीक्षण गरिएको मिसाइलले २ हजार किलोमीटरको दूरी तय गरेको थियो । उक्त मिसाइल जापान सागरमा खसेको थियो । 



  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १३:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया