ब्वाइज र मछिन्द्रकाे बराबरी

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत बिहीबारको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । 

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । खेलको ४५औँ मिनेटमा ब्रिगेडका कैलाश बस्नेतले प्रहार गरेको उत्कृष्ट हेड पोलमा लागेर फर्किएको थियो ।

म्यान अफ दी म्याच भएका ब्रिगेडका जय गुरुङले १० हजार प्राप्त गरे । बराबरीसँगै ब्रिगेड ६ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको १२औँ स्थानमा छ भने मछिन्द्र ६ खेलबाट ३ अंक जोड्दै १३औँ स्थानमा छ । 

यससँगै, लिगअन्तर्गत छैटौँ चरणका खेल सकिएका छन् । छैटौँ चरण सकिँदासम्म शतप्रतिशत नतिजासहित मनाङ मर्स्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ । थ्रिस्टारले मनाङलाई पछ्याइरहेको छ ।

सातौँ चरणका खेल मङ्सिर २२ गतेदेखि हुनेछन् । 





  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार २०:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया