बलिउड अभिनेता हृतिक रोशन नयाँ युवतीसँग प्रेममा रहेको खुलासा भएको छ ।
श्रीमती सुजैन खानसँग सम्बन्धविच्छेद गरेका उनी हालै अभिनेत्री सबा आजादसित सार्वजनिक ठाउँमा देखिएका छन् ।
उनले केही समयदेखि उदीयमान अभिनेत्री सबा आजादसँग लुकीछिपी भेट गरिरहेको र अन्ततः उनीसँगै सार्वजनिक रूपमा देखिने निर्णयमा पुगेको उनीनिकटका साथीले बताएका छन् ।
सुजैन र रितिकका दुई सन्तान छन् र दुवै छोरा हृतिकसँग छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।