इंग्ल्याण्डविरुद्धको टी-२० सिरिज वेष्ट इण्डिजले जित्यो

इंग्ल्याण्डविरुद्धको टी–२० सिरिज वेस्ट इण्डिजले जितेको छ । आज बिहान भएको निर्णायक तथा पाँचौं खेलमा इंग्ल्याण्डलाई १७ रनले हराउँदै वेस्ट इण्डिजले ३-२ ले सिरिज जितेको हो । 

निर्णायक खेलमा वेस्ट इण्डिजले दिएको १८० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । उसका लागि जेम्स भिन्सले ५५, साम बिलिङ्सले ४१, टम ब्यान्टनले १६ र कप्तान मोइन अलीले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा जेसन होल्डर र अकिल होसेनले उत्कृष्ट प्रदर्शन गरे । होल्डरले ह्याट्रिसहित कुल पाँच विकेट लिए । उनले १९.२, १९.३, १९.४ र १९.५ ओभरमा लगातार चार विकेट लिए । २.५ ओभरमा २७ रन दिएका होल्डरले कुल ५ विकेट लिए । होसेनले ४ ओभरमा ३० रन खर्चिदै ४ विकेट हात पारे । ओडेन स्मिथको नाममा एक विकेट रह्यो ।

त्यसअघि, बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो । उसका लागि कप्तान किरण पोलार्डले २५ बलमा दुई चौका र एक छक्कासहित ४१ र रोभम्यान पावेलले १७ बलमा चार छक्का र एक चौकाको सहयोगमा ३५ रनको  पारी खेले । 

त्यस्तै, ब्रेण्डन किंगले ३४, कायल मेयर्सले ३१ र निकोलस पूरनले २१ रनको योगदान दिए । बलिङमा आदिल राशिद र लियाम लिभिङस्टोनले दुई/दुई विकेट हात पारे । 





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार ७:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया