प्रेमिकालाई कुटेको आरोपमा युनाइटेडका फरवार्ड ग्रीनवुड पक्राउ

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रीनवुड पक्राउ परेका छन् । उनी प्रेमिका ह्यारिट रोब्सनलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । 

इंग्ल्याण्ड प्रहरीले ग्रीनउड पक्राउ गरेको र उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ । रोब्सनले इस्टाग्राममा ग्रिनउडले आक्रमण गरेको भन्दै तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । 

रगत बगिरहेको र शरीरमा निलडाम भएको उनको तस्बिर भाइरल भइरहेका छन् । विवादमा तानिएपछि ग्रीनउडलाई तल्कालका लागि प्रशिक्षण र खेलमा पनि रोक लगाइएको युनाइटेडले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार ७:२८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया