एमसिसी ‘रुढीवादी कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस्, सर्वसम्मतिले संसदबाट पारित गरौं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताएका छन् । मध्यराति ट्विट गर्दै उनले आलटाल नगरी एमसिसीलाई सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताएका हुन् ।

साथै, उनले एमसिसी प्रकरणले नेपालका ‘रुढीवादी कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् भन्ने कामनासमेत गरेका छन् । ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाउ ! यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्,’ भट्टराईले लेखका छन्, ‘यो प्रकरण नेपालका रुढीवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् ! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’ 

गठबन्धनभित्रका दलले एमसिसीको विषयमा हालसम्म ठोस निर्णय गर्न सकेका छैनन् । एमसिसी सम्झौताबारे साझा धारणा बनाउन सत्तारुढ गठबन्धनले कार्यदल बनाए पनि उसले काम अगाडि बढाउन सकेको छैन । 

कार्यदलमा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल, कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ छन् ।  





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार ९:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया