बञ्चरो प्रहार गरी बुबाको हत्या, कारण जग्गा विवाद

कञ्चनपुरमा बञ्चरो प्रहार गरी एक युवकले आफ्नै बुबाको हत्या गरेका छन् । गएराति जिल्लाको लालझाडी गाउँपालिका–२, कञ्ज गाउँका २५ वर्षीय रामबिलास रानाले आफ्नै बुबाको हत्या गरेका हुन् ।

४० वर्षीय बुवा ठग्गु रानालाई रामबिलासले बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

उनले बञ्चरो प्रहारबाट रानाको घटनास्थलमै मृत्यु भएको बताए  । डिएसपी शाहका अनुसार जग्गाको विषयमा विवाद हुँदा रामबिलासले बुबाको हत्या गरेका हुन् ।





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १२:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया