डोटीको झिमे मालिका माविलाई ८ सय झोला सहयोग

एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८ सय वटा स्कुल झोला सहयोग गरेको छ ।

डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमे मालिका माध्यमिक विद्यालयलाई फाउन्डेसनले ८ सय वटा झोला सहयोग गरेको हो । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले डोटीका समाजसेवी रणबहादुर बलायरलाई सो झोला हस्तान्तरण गरे ।

एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको फाउन्डेसनले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १४:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया