यस्तो छ एमसिसीबारे प्रधानमन्त्रीसहित सांसदका नाममा भीम रावलको खुला स्मृति–पत्र
फाइल तस्वीर

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदका नाममा खुला स्मृति–पत्र सार्वजनिक गरेका छन् । उनले सोमबार रिपोर्टर्स क्लबमा एक कार्यक्रम गर्दै खुला स्मृति-पत्र सार्वजनिक गरेका हुन् ।

नेपालीले स्वदेश र प्रवासमा अत्यधिक चासो राख्दै विरोध गरेको नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का बीच भएको सम्झौता संसदमा अनुमोदनका लागि प्रधानमन्त्रीलगायतका केही नेता लागिपरेकाले आफूले खुला स्मृति–पत्र लेखेको उनले बताए ।

देश र जनताको आवाज उठाउने संसद 'अवरुद्ध' गरिएको, प्रधानमन्त्री र पाँच दलीय गठबन्धनका नेताले एमसिसीसँगको सम्झौताका सन्दर्भमा नेपालीले राष्ट्रियताको पक्षमा देशव्यापी रूपमा धन्काइरहेको आवाजप्रति संवेदनशील भई कुनै छलफल नगरेको उनको भनाइ छ ।

'प्रमुख विपक्षी दलका नेताले चलाखीपूर्ण किसिमले 'सत्तापक्षको धारणा स्पष्ट नभई केही नबोल्ने' भन्ने अवसरवादी कुरा गरेको स्थितिमा उक्त सम्झौतालाई संसदबाट अनुमोदन गर्ने खेल भइरहेको भन्ने बुझिएकोले खुला रूपमा स्मृति–पत्र लेख्न बाध्य भएको छु' उनले भने ।






  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १४:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया