बैतडीका बालबालिकालाई काेराेना विरुद्धकाे मोडर्ना खोपको दोस्रो मात्रा आजदेखि दिन सुरु गरिएको छ ।
गत महिना माेडर्नाकाे पहिलाे मात्रा लगाएका १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो।
गत महिना ३२ हजारभन्दा बढी बालबालिकाले मोडर्नाको पहिलो मात्रा लगाएका थिए ।
स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए ।
कार्यालयका अनुसार विद्यालयमै र नजिकको स्वास्थ्य संस्थालाई खोप केन्द्र ताेकिएकाे छ ।
बैतडीमा हालसम्म एक लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा र एक लाख ६ हजार २५२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।