कानुन र संविधानको अपव्याख्या गरी लोकतान्त्रिक अभ्यासलाई कुण्ठित पार्नु हुँदैन : भीम रावल
फाइल तस्वीर

नेकपा एमालेका नेता भीम रावलले संविधान र ऐनले पाँच वर्षमा स्थानीय र आवधिक निर्वाचन गर्ने भनेको भन्दै समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कानून र संविधानको अपव्याख्या गरेर लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गराउनु नहुने बताएका हुन् ।

‘स्थानीय निर्वाचन, हामीले संविधान निर्माण गर्दा, ऐन निर्माण गर्दा स्थानीय तहको निर्वाचन पाँच वर्ष त्यसले अवधि पूरा गर्ने कुरामा नै हामीले सहमति जनाएका हौँ । यो निर्वाचनमा जाने कुरामा कुनै कुरा उठाएर, कानून र संविधानको अपव्याख्या गरेर जनताको लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गराउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ । मलाई लाग्छ, लोकतन्त्रमा विश्वास गर्ने नेपालीको धारणा त्यही नै छ,’ उनले भने

उनले सरकारलाई काम गर्न दिने तर संसद अवरुद्ध भयो भन्नुको कुनै औचित्य नभएको बताए ।





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १५:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया