भ्रातृ संस्थाको महाधिवेशनबारे पार्टीमा छलफल भइरहेको छ : कांग्रेस महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् ।

महामन्त्री शर्माले नेविसंघलगायतका भ्रातृ संस्थाको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताए । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेतासँग कुरा गर्दै उनले भ्रातृ संस्थामा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताए ।

नेविसंघका पूर्वअध्यक्षसमेत रहेका उनले मुलुकको लोकतान्त्रीकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघजस्ता संगठन बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको पनि बताए । 'मान्छेलाई लोकतान्त्रीकरण बनाउन सकियो भने नेपालको डेभलपमेन्टको प्रोसेसलाई बल पुग्छ । र, त्यसका लागि नेविसंघ नमुना संगठन बन्नुपर्छ’ उनले भने ।

महामन्त्री शर्माले आफू बोलेरभन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटकपटक दोहोर्‍याए । उनले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्यालाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताए । त्यस अवसरमा विद्यार्थी नेताले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए ।





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १९:३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया