जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले नेता डा. भीम रावलको पिएचडी ‘नक्कली त होइन’ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफू प्रधानमन्त्री भएका बेला एमसिसी सम्झौता भएको भनेर रावलले टिप्पणी गरेपछि बाबुरामले उनको पिएचडीमाथि आशंका गरेका हुन् ।
बाबुरामले रावलले झुट बोलेको भन्दै उनलाई ‘नक्कली पिएचडी’को संज्ञा पनि दिएका छन् । ‘यी कण भीम रावलले पिएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पिएचडी हुन् ?’
यी कण @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन्!विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत/मिति/स्थान खुलाउनुपर्छ।उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको”हो भने कहिले,कहाॅ,कसरी खुलाउनुपर्दैन? कि यी नक्कली PhDहुन्? https://t.co/3VO9ojfVhx
— Baburam Bhattarai (@brb1954) January 31, 2022
रावलले सोमबार सार्वजनिक गरेको स्मृति पत्रमा बाबुरामले गोप्य रूपमा एमसिसी सम्झौता गरेका थिए भनेर उल्लेख गरेका छन् । ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो। वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ,’ रावलले स्मृति पत्रमा उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।