१० नम्बरको जर्सीमा देखिए मेस्सी

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सोमबार राति कप डि फ्रान्सको अन्तिम १६ मा लिग वान प्रतिद्वन्द्वी निससँग प्रतिस्पर्धा गरेको थियो ।  

घरेलु मैदानमा निससँग सडन डेथमा ६–५ ले पराजित हुँदा विजेता पिएसजी अन्तिम १६ बाटै बाहिरियो । यो खेलमा यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट आएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी पहिलो रोजाइमा परेका थिए । 

चोटका कारण ब्राजिलियन स्टार नेयमार भने टोलीमा रहेका थिएनन् । मेस्सीलाई पिएसजीमा ३० नम्बरको जर्सी प्रदान गरिएको थियो । तर, निसविरुद्धको खेलमा उनले आफ्नो पुरानो १० नम्बरको जर्सी नै लगाएर खेले ।

पिएसजीमा १० नम्बरको जर्सी नेयमारले प्रयोग गर्दै आइरहेका छन् । किन मेस्सीले यसअघि बार्सिलोना र अर्जेन्टिनाको लागि प्रयोग गर्दै आइरहेको १० नम्वरको जर्सीलाई निसविरुद्धको खेलमा प्रयोग गरे त ? जबकि उनले क्लबमा ३० नम्बरको जर्सी लगाउँदै आएका छन् । 

किन खेलेनन् आफ्नाे जर्सीमा ?

कप डि फ्रान्सको नियमअनुसार प्रतियोगितामा सहभागी हुने टोलीले १ देखि २० नम्बरसम्मको जर्सी प्रयोग गर्नुपर्नेछ ।  पहिलो रोजाइमा हुने खेलाडीलाई १ देखि ११ नम्बरसम्मको जर्सी प्रदान गरिन्छ, त्यसपछि १२ देखि २० नम्बरको जर्सी हुनेछ ।



त्यसैले गत नोभेम्बरमा लिग वानअन्तर्गत सेन्ट इटिएनविरुद्ध खेल्ने क्रममा बायाँ घुँडामा चोट लागेका कारण नेयमारले निसविरुद्ध नखेल्ने पक्का भएपछि मेस्सीलाई अस्थायी रूपमा १० नम्बर जर्सी प्रदान गरिएको हो ।  



  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार ११:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया