मधेस प्रदेश : स्थायी संरचना निर्माणका लागि अध्ययन समिति गठन

मधेस प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो प्रशासनिक तथा आवासीय संरचना निर्माणका लागि भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको नेतृत्वमा पाँच सदस्यीय समिति  गठन गरेको हो । 

समितिमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह सदस्य रहेका छन् ।

समितिले भवनसहितका स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोजीदेखि प्राविधिक सहित बजेट स्रोत व्यवस्थापनसम्मको कार्य गर्ने अर्थमन्त्री साहले जानकारी दिए । 

समितिले नै विभिन्न प्राविधिक र अर्थ विज्ञसहितका व्यक्तिहरूलाई राखेर विज्ञ समिति गठन गर्नेछ । समितिले बुझाएको प्रतिवेदनको आधारमा सरकारले कार्य अगाडि बढाउने सरकारका प्रवक्तासमेत रहेका मन्त्री साहले बताए । 





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १३:२८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया