विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ । सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिने भएको हो ।
नेपाल सरकारको यही १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको बताए ।
उनका अनुसार तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइनको लागि जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि भएको छ । सरकारले दार्चुलाको तुषारापानीदेखि कोठा घरसम्मको ४ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।