मोरिससबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदा घरेलु टोली नेपालले १–० को अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलको दसौँ मिनेटमा सुजल श्रेष्ठको गोलमार्फत नेपालले अग्रता लियो ।
नविन गुरुङको कर्नरमा मोरिससका गोलरक्षक लोइस मिशेलले पञ्च गर्दा प्राप्त रिवाउन्डमा आशिष लामाको प्रहारमा पुजन उपरकोटीले मिलाएको पासलाई सुजलले पोस्टको दिशा दिएका हुन् ।
१२ औं मोरिससले पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाए पनि उसले त्यसको सदुपयोग भने गर्न सकेन । नेपाली खेलाडीले पेनाल्टी क्षेत्रभित्र बल हातले छोएपछि रेफ्री नविन्द्र महर्जनले मोरिससलाई पोनाल्टीको अवसर प्रदान गरेका थिए ।
मोरिससका कप्तान एन्डी सोफीको प्रहारलाई नेपालका कप्तान किरण चेम्जोङले बचाउ गरे । मोसिसससँग यो नेपालको दोस्रो मैत्रीपूर्ण खेल हो । शनिबार भएको खेलमा नेपाल १–० ले विजयी भएको थियो ।
नेपाललाई जित दिलाउन विमलघर्ती मगरले ५५ औँ मिनेटमा गोल गरेका थिए । आजको खेलमा विमल वैकल्पिक खेलाडीका रूपमा रहे । डिफेन्डर नवीन गुरुङले सिनियर टोलीमा डेब्यु गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।