भारतले नेपाललाई छुट्यायो १२ अर्ब अनुदान

भारत सरकारले आर्थिक वर्ष २०२२/२३ का लागि बजेट सार्वजनिक गरेको छ । भारत सरकारले सार्वजनिक गरेको बजेटमा नेपालका लागि ७ अर्ब करोड ५० करोड भारु अर्थात् १२ अर्ब नेपाली रुपैयाँ अनुदान छुट्याइएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलबार लोकसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०२२/२३ को बजेटमा १२ अर्ब रुपैयाँ विनियोजन गरेको उल्लेख छ ।

भारतले नेपाललाई दिने अनुदान रकम गत वर्षभन्दा घटाएको हो । गत वर्ष भारतले नेपालका लागि ९ अर्ब ९२ करोड भारु अर्थात् १५ अर्ब अनुदान छुट्याएको थियो । तर, पछि घटाएर त्यसलाई १० अर्ब ४० करोड मात्र अनुदान दिएको थियो ।

भारतले नेपाललाई आर्थिक वर्ष २०१९/०२० मा सबैभन्दा बढी १९ अर्ब २० करोड अनुदान दिएको थियो भने २०२०/२१ मा १४ अर्ब ४० करोड रुपैयाँ अनुदान प्रदान गरेको थियो ।

भारतले सबैभन्दा धेरै भुटानलाई र दोस्रो नम्बरमा मोरिससलाई अनुदान छुटाएको छ । भुटानलाई २४ अर्ब ९६ करोड र मोरिससलाई १४ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १७:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया