आजबाट पश्चिमी वायुको प्रभाव बढ्ने, धेरै स्थानमा हिमपातको सम्भावना

आज पनि देशका केही भू-भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको हो ।

प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा भने आंशिकदेखि सामान्य बदली रहनेछ । आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानका हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रदेश–१, मधेश, बागमती तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुको सामान्य प्रभाव रहेको छ । आज रातिबाट यस प्रणालीको प्रभाव बढ्ने महाशाखाले जनाएको छ ।

आज पनि वर्षा तथा हिमपातको सम्भावना कायमै रहेकोले चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले अनुरोधसमेत गरेका छन् । 





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार ६:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया