विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिलले पाराग्वेमाथि ४-० को शानदार जित दर्ता गरेको छ । घरेलु मैदान मिनिराओमा ब्राजिललाई सहज जित दिलाउन राफिन्हा, फिलिपे कौटिन्हो, एन्थोनी र रोड्रिगोले एक/एक गोल गरे ।
खेलको २८ औं मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा कौटिन्होले टोलीको अग्रता दोब्बर बनाए । ८६ औं मिनेटमा एन्थोनीले गोल गर्दा ब्राजिल ३-० ले अघि बढ्यो ।
८८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए । जितसँगै ब्राजिल १५ खेलमा ३९ अंक जोड्दै शीर्ष तथा पराजित पाराग्वे १६ खेलबाट १३ अंकका साथ नवौं स्थानमा यथावत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।