भारतमा पछिल्लाे २४ घन्टामा १ लाख ६१ हजार ३८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
यसैगरी एक हजार ७३३ जना संक्रमितले ज्यान गुमाएका छन् ।
यही अवधिमा दुई लाख ८१ हजार १०९ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या १६ लाख २१ हजार ६०३ रहेकाे छ ।
जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा हालसम्म चार लाख ९६ हजार २४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म काेराेनाविरुद्ध ५१.९६ प्रतिशतले पूर्ण खाेप लगाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।