युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी भएको थियो ।
साथै, युक्रेनको पछिल्लो सुरक्षा अवस्थाका बारेमा पनि उनीहरूबीच कुराकानी भएको युक्रेनी राष्ट्रपति जेलिन्स्किीको सचिवालयले जनाएको छ । भेटवार्तापछि उनीहरूले जारी गरेको संयुक्त प्रेस वक्तव्यमा रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना प्राप्त भएकाले यदि त्यसो भयो भने रुसका लागि त्यो कार्य महंगो पर्न जाने उल्लेख गरिएको छ ।
रुसले युक्रेनी सीमा क्षेत्रमा आक्रमण गर्ने सूचना प्राप्त भएको कुरा अमेरिकाले बताउँदै आएको छ । यसकारणले बेलायत र अमेरिकाले आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता बोलाएका छन् । तर, सो कार्यको रुसले भने खण्डन गर्दै आएको छ । रुसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएको छ । -सिन्हवा
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।