गठबन्धन टुट्नेवाला छैन, थप बलियो बनाउँछौं : माधव नेपाल
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन झन् बलियो हुने बताएका छन् । 

पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको मिति नजिकिएकाले गठबन्धन थप बलियो हुने बताएका हुन् । अध्यक्ष नेपालले चुनावमा गठबन्धनका दलहरू एक भएर अघि बढ्ने पनि बताए । 

‘पाँच दलीय गठबन्धन गरेका छौं । यो गठबन्धन टुट्नेवाला छैन । गठबन्धनलाई थप बलियो बनाउँछौं । समाचारमा अनेक कुराहरू आएका छन्, मनगढन्ते कुराहरू आएका हुन्,’ उनले भने ।

प्रतिनिधिसभा क्रियाशील हुनुपर्ने बेलामा नेकपा एमालेबाट बाधा व्यवधान खडा गर्ने काम भइरहेको पनि नेपालले बताए ।  






  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १३:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया