धनुषा जिल्लाकाे जनसंख्या पछिल्लो दश वर्षको अवधिमा १ लाख १७ हजार ९३६ ले बढेको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार धनुषाको जनसंख्या ८ लाख ७२ हजार ७१३ पुगेको हो । यसअघि २०६८ मा धनुषाको जनसंख्या ७ लाख ५४ हजार ७७७ थियो ।
जनगणनाको तथ्यांकअनुसार धनुषामा ४ लाख ३८ हजार ९०१ पुरुष र ४ लाख ३३ हजार ८१२ महिला छन् । २०६८ मा भने ३ लाख ७८ हजार ५३८ पुरुष र ३ लाख ७६ हजार २३९ महिला थिए ।
जनकपुरधाम उपमहानगरपालिकामा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको छ । यहाँ १ लाख ९५ हजार ४३८ जना बसोबास गर्छन् ।
त्यस्तै सबैला नगरपालिकामा ६२ हजार ५१०, सहिदनगर नगरपालिकामा ५३ हजार ५४६, धनुषाधाम नगरपालिकामा ५३ हजार ३५, क्षिरेश्वरनाथ नगरपालिकामा ५३ हजार ३१, मिथिला नगरपालिकामा ४७ हजार ४०८, कमला नगरपालिकामा ४५ हजार ४७७, हंसपुर नगरपालिकामा ४४ हजार ९२९, गणेशमान चारनाथ नगरपालिकामा ४४ हजार ९ सय, मिथिला विहारी नगरपालिकामा ३८ हजार ८, नगराइन नगरपालिकामा ३७ हजार ९४९ र विदेह नगरपालिकामा ३७ हजार ८८१ जनसंख्या रहेको छ ।
यसैगरी लक्ष्मीनिया गाउँपालिकामा ३३ हजार २१२, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा २९ हजार ३५१, जनकन्दिनी गाउँपालिकामा २८ हजार २६७, औरही गाउँपालिकामा २४ हजार ३३८, धनौजी गाउँपालिकामा २१ हजार ९६० र बटेश्वर गाउँपालिकाको जनसंख्या २१ हजार ४७३ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।