सहरी विकासमन्त्री झाँक्रीले गरिन् धोबीखोला करिडोर क्षेत्रकाे अनुमगन

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् ।

सडक अतिक्रमण नगर्न पटक-पटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैं सो करिडोरको अनुगमनमा गएकी हुन् ।

सवारी साधन नै पास नहुने गरी विभिन्न सामग्री राखेपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरीत सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो । 

मन्त्री झाँक्रीले आज अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न पुनः एक पटक सचेत गराइएको बताइन् । अब पनि नमाने उनीहरूमाथि कानुन बमोजिम कारबाही गर्ने उनले चेतावनी पनि दिइन् ।

उपत्यका विकास प्राधिकरण ऐन अनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ । तर, सो ऐन विपरित सडक अतिक्रमण गर्नेहरूलाई अब कानुन बमोजिम कारबाही गर्ने सरकारको तयारी छ । 

मन्त्री झाँक्रीले सार्वजनिक स्थलहरूको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइन् ।



उनले भनिन्, ‘आज बिदाकै दिन भए पनि उहाँहरूलाई सचेत गराऔँ भनेर अनुगमनमा आएका छौँ । अतिक्रमण नगर्नुस् भनेर माइकिङ गर्नेलगायतका काम गर्दै आएका छौँ । तर, उहाँहरूले मान्नु भएन र आज सचेत गराएका छौँ । उहाँहरुलाई आफ्नो सामान निकाल्नुस् भनेका छौँ । त्यसपछि पनि मान्नु भएन भने कानुन बमोजिम कारबाही पनि हुन्छ । अनुगमन त भइ नै रहन्छ । किनभने, उपत्यका विकास प्राधिकरणलाई अनुगमन गर्ने अथोरिटी पनि छ । हामी अनुगमन निरन्तर गर्छौँ ।’

मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो । 
 



  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १५:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया